‘मधेसी शक्तिहरुबीच सहकार्य हुनुपर्नेमा जोड’

२०८१ पुष १६ गते मंगलवार
सारांश
  • कार्यक्रममा बोल्दै नेता राजेन्द्र महतोले सारा मधेसीको चाहाना आजको दिनमा मधेसी शक्तिकोबीचमा एकता नै रहेको बताए ।

काठमाडौं  मधेस मूलका नेताहरुले मधेसी राजनीतिक शक्तिहरु एक हुनुपर्नेमा जोड दिएका छन् । 


मंगलबार काठमाडौंमा मधेसी एकता समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मधेसी शक्तिमा सहकार्य आवश्यक रहेको औलाएका हुन् ।

 
कार्यक्रममा बोल्दै नेता राजेन्द्र महतोले सारा मधेसीको चाहाना आजको दिनमा मधेसी शक्तिकोबीचमा एकता नै रहेको बताए । 


उनले केही समय अगाडि सम्पन्न आइपीएलमा जनकपुर बोल्र्टसका खेलाडीहरुमाथि धोती शब्दको प्रयोगगरी अपमान गरिएको भन्दै आपत्ति समेत  जनाए । 


उनले भने,‘हाम्रो सारा मधेस आजको दिनमा मधेसी शक्तिकोबीचमा एकता चाहन्छ । किर्तिपुरको क्रिकेट मैदानमा धोती याद दिलाईदिए । सन्देश त पूरै देशमा गयो नि । के अपराध थियो र ती युवाहरुको काठमाडौंमा खेल्न आए जित हासिल गरे । मधेसी नौं जवान भएकै कारण उसको बेइजत गर्न के जरुरी थियो र ?’


त्यस्तै अर्का नेता हृदयेश त्रिपाठीले मधेसी नेताको गल्तीको कारणले नै पछाडी परेको बताए । 
उनले भने,‘हाम्रो नै केही मधेसी नेताको गल्तीको कारणले नै हामी पछाडी परेको हौं । यो अवस्था आएको हो । हामी बञ्चीत हुनु पुग्यौं ।’


अहिले सहि दिशा पहिल्याउन नसक्दा मधेस वास्तवमा नै गोलचक्करमा घुमिरहेको उनको भनाई छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार